दार्चुला । जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ घर भएका एक पुरुष  बेपत्ता भएका छन ।
पालचोर तामाङ  नाम गरेका ३२ वार्षिय पुरुष गत शनिबार देखी  बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
शनिबार बिहानै देखि मादक पदार्थ सेवन गरेका तामाङ दिउँसो ४ बजेदेखि  सम्पर्क बिहिन भएको उनका भाइ दुरुप तामाङले जानकारी दिए । अहिले उनको परिवार चिन्तामा रहेको छ । उनकी धर्मपत्नी व्यपारको सिलसिलामा भारतको राजस्थान गएकि थिइन । घरमा तामाङ एक्लै भएको बेला बेपत्ता भएको उनका छिमेकी प्रभात बुढाथोकीले जानकारी दिए । उनका १ छोरा ८ वर्षिय  र १ छोरी १२ वर्षिय भारतको देहरादुन पड्दै आइरहेका छन ।
उनका परिवारले तामाङ लाई कहि कतै कोहि कसै ब्यक्तिले भेटे सम्पर्क गरिदिन आग्रह गरेका छन । मंगलबार आज उनका भाइ दुरुप तामाङले अस्थायी प्रहरी पोस्ट दुम्लीङमा खोजतलासका लागि निवेदन गरेका छन । स्थानीय र प्रहरीले सनिवार देखि अहिले सम्म खोजतलास गर्दा उनी कहि कतै पनि भेट्टिएका छैनन । उनको प्रहरी र स्थानीयले खोजतलास गरिरहेका छन । 📷️ मनिसा बिष्ट ब्यास सहकर्मी 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय