दार्चुला । ब्याँस गाउँपालिका–४ डोकटका नर सिंह विष्टको हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ । घट्ना घटेको एकसाता पछि प्रहरीले विष्टको हत्यामा संलग्न सोही गाउँपालिका–४ डोकट, चौपखेका २५ वर्षिय दिपक विष्टलाई पक्राउ गरि सार्वजनिक गरेको हो । मंसिर ३ गते राती १० बजे तिर गाउँपालिकाको वडा नम्बर ४ डोब स्थित दार्चुला तिंकर सडक खण्डमा नर सिंह विष्ट र दिपक विष्ट दुवै जनाले मादक पदार्थ सेवन गरेको अवस्थामा भेट हुँदा विवाद भएको तथा दिपक विष्टले नर सिंह विष्टको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । हत्या गरेर मृतक नर सिंह विष्टको लास घिसारेर अन्दाजी २०० मिटर तल गोदार खोलामा लगेर ढुंगाले च्यापेको अभियुक्त दिपक विष्टले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अभियुक्त विष्टलाई पक्राउ गरि दार्चुला जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धन भइरहेको बताइएको छ ।
घट्ना यस्तो थियो
ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटका ४० वर्षिय नर सिंह विष्टको शव मंसिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा भेटिएको थियो । मंसिर ३ गते रातिदेखि बेपत्ता भएका विष्ट भोलिपल्ट मृत अवस्थामा भेटिएका थिए । विष्टको शरीरमा चोटपटक लागेको अवस्थामा स्थानियले शव फेला परेका थिए । जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित होटल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न मंसिर ३ गते दिउसो खलंगाबाट घर गएका थिए । मंसिर ३ गते राती नै पूर्व गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीको मोटरसाइकलमा आगजनी समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय