दार्चुला । नेपाल र भारतिय अधिकारी बिच जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटवन्धका बिषयमा दुई देशका अधिकारी बिच सोमबार छलफल भएको हो ।
आईतवार दुबै देशका नागरिक बिच तटवन्धको बिषयलाई लिएर ढुङ्गामुडा भएको थियो । ढुङ्गामुडा प्रहार भएपछि दुबै देशका आधा दर्जन बढी नागरिक घाईते भएका थिए । यस बिषयमा केन्द्रित रहेर अधिकारीहरु बिच केहि समय दिउँसो छलफल भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
छलफलमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले तटवन्ध निर्माण गर्दा दुबै देशलाई कुनै हानि नोक्सान हुने गरि काम नगर्न आग्रह गरेका छन । भारतिय पक्षले तटवन्ध निर्माण गर्दा निर्माणाधिन तटवन्ध भन्दा ७ देखी १० मिटर यता नेपाल तिर ग्याविन जाली लगाएको छ ।
सो ग्याविन जाली तत्काल हटाई दिन भारतिय अधिकारीलाई प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन ।
भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए हुन । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।
