दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ र ३ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा संचार विकास केन्द्र्र दार्चुलाद्धारा संचालित रेडियो दार्चुला एफएमको सहजीकरणमा गत आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई गरिएको हो । दुहुँ गाउँपालिका वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव इन्दिरा बमले आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिकमा वडाले प्रवाह गरेका सेवा सुविधा, योजना तथा कार्यक्रमहरुको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार वडा नम्बर ३ को कार्यालयले गत आवको अन्तिम चौमासिकमा २८ जना महिला तथा २५ जना पुरुष गरी ५३ जनाको जन्म दर्ता गरेको छ, भने ११ जना महिला र ७ जना पुरुष गरी १८ जनाको मृत्यु दर्ता गरेको छ । यस्तै वडा कार्यालयमा १९ जोडीले विवाह दर्ता गराएका छन् । वडाबाट ३ परिवार बसाई सराई गरेर अन्य ठाँउ गएका छन, भने १ जना बसाई सरी आएको सचिव बमले जानकारी गराउनुभयो । वडा कार्यालयले ३३ महिला र २१ जना पुरुष गरी ४४ जनालाई नागरिकताका लागि सिफारिस तथा ७ महिला र २० पुरुष गरी २७ जनालाई नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गरेको छ । वडा कार्यालबाट ४५ जनाले नाता प्रमाणितको सिफारिस लिएका छन् । वडाबाट ४ जनाले जन्ममिति प्रमाणित गरेका छन्, भने २ जनाले विवाह प्रमाणित गराएका छन् । वडामा ६७ जना महिला तथा ३६ जना पुरुष गरी १०३ जना जेष्ठ नागरिक गैरदलितको संख्या रहेको छ । १०३ जना मध्ये जेष्ठ नागरिक दलित संख्या २०, पुर्ण अपांग ४, आशिंक अपांग १०, एकल महिला ३५, विधुवा महिला ५० र बाल संरक्षणमा ३९ जना रहेका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा बस्ती स्तरबाट ५१ वटा योजनाहरुको माग भई आएकोमा १८ वटा योजनालाई प्राथमिकिकरण गरी कार्यान्वयन गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयमा ९ महिनामा १५ वटा वडा समितिको बैठक बसेको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा गाउँपालिकाबाट वडालाई ३० लाख बजेट प्राप्त भएको जनाइएको छ । कार्यक्रम वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष धन सिंह बोहराको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन र सहजीकरण रेडियो दार्चुला एफएमका कमलराज जोशी र प्रकाशचन्द्र भट्टले गर्नु भएको थियो ।
यसैबीच दुहुँ गाउँपालिका वडा नम्बर १ पिपौलचौरीको सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । वडा नम्बर १ का अध्यक्ष जीत बहादुर बमको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ९ जनाले सुझाव, सल्लाह एवं जिज्ञासा राखेका थिए । तेस्रो चौमासिकमा बस्ती स्तरबाट माग गरिएका योजना मध्ये २५ योजना छनौट भइ सम्पन्न भएका छन् ।
यस्तै वडाबाट १ सय ४६ जना गैर दलित जेष्ठ नागरिक, ७ जना दलित जेष्ठ नागरिक, ७ जना पूर्ण अपाङ्ग, १५ जना आशिंक अपागं, ३६ जना विधुवा महिला, २३ जना एकल महिला तथा २० बालवालिकालाई बाल संरक्षण अनुदानतर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव राम सिह धामीले जानकारी दिनुभयो ।
तस्रो चौमासिकको अवधिमा पन्जिकरण सेवातर्फ ३६ जनाको जन्मदर्ता, ८ जनाको मृत्यु दर्ता, १८ जोडीको विवाह दर्ता तथा २४ जनाले बसाई सराई गरेका छन् ।
यस्तै ५६ जनालाई नेपाली नागरिकताको सिफारिस दिइएको छ । २७ जनाको नागरिकता प्रतिलिपी, २० जनाको नाता प्रमाणित गरी अन्य ५६९ सिफारिस गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले त्यो अवधीमा २ लाख ४ हजार ६१५ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाले वडालाई दिने बजेटमा विभेद गरेको वडा नम्बर १ का जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । यस्तै पालिकाको लघुवित्त कार्यक्रमका लागि समन्वय नभइकनै नियुक्त गर्ने परिपाटीमाथि माथि पनि प्रश्न उठेको छ । यस्तै वडा नम्बर ३ का गते भदौ २४ गतेको बाढीबाट पीडित बनेकाहरुले स्थानीय सरकारसँग राहतका लागि अनुरोध गरेका छन् ।
सोमवार भोली वडा नम्बर २ हिकिला र वडा नम्बर ४ को धारीको सार्वजनिक सुनुवाइ गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय