दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण सम्पन्न भएको छ । पालिकाका ५ वटै वडाहरुको सुनुवाई सम्पन्न भएसँगै बुधवार दुहुँ कार्यपालिकाको पनि सुनुवाई गरिएको हो । गाउँपालिकाको आयोजना तथा संचार विकास केन्द्र दार्चुलाद्धारा संचालित रेडियो दार्चुला एफएमको सहजीकरणमा गत आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो र तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण कार्यक्रम गाउँपालिकका कार्यबाहक अध्यक्ष कृष्ण सिंह लोथ्यालको अध्यक्षतामा भएको हो । सो कार्यक्रममा ५ जनाले सुझाव, सल्लाह एवं जिज्ञासा राखेका छन् ।
दोस्रो र तेस्रो चौमासिकमा गाउँपालिकाबाट संचालित १ सय ६१ योजना कार्यान्वयन भइ सम्पन्न भएका छन् । यस्तै पालिकाबाट ६०७ जना गैर दलित जेष्ठ नागरिक, ६१ जना दलित जेष्ठ नागरिक, ३२ जना पूर्ण अपाङ्ग, ९१ जना आशिंक अपागं, २०५ जना विधुवा महिला, ४० जना एकल जेष्ठ महिला तथा १२९ बालवालिकालाई बाल संरक्षण अनुदानतर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र सिंह बडालले जानकारी दिनुभयो ।
अन्तिम चौमासिकसम्मको अवधिमा पन्जिकरण सेवातर्फ ८७ जनाको जन्मदर्ता, ३१७ जनाको मृत्यु दर्ता तथा ४३ जोडीले विवाह दर्ता गरेका छन् । दुहुँ गाउँपालिकाले पछिल्लो ८ महिनाको अवधिमा २८ लाख ३४ हजार ४१५ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय