दार्चुला । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ र ३ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा संचार विकास केन्द्र्र दार्चुलाद्धारा संचालित रेडियो दार्चुला एफएमको सहजीकरणमा गत आर्थिक वर्ष २०७८÷०७९ को सार्वजनिक सुनुवाई गरिएको महाकाली नगरपालिका वडा नम्बर ३ का वडा सचिव दिपकराज अवस्थीले जानकारी दिनुभयो । वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव अवस्थीले वडाले आर्थिक वर्ष २०७८÷०७९ मा प्रवाह गरेको योजना, सेवा, सूविधा तथा कार्यक्रमहरुको बारेमा प्रस्तुती गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार वडा नम्बर ३ को कार्यालयले ३० जना महिला तथा २८ जना पुरुष गरी ५८ जनाको जन्म दर्ता गरेको छ, भने ११ जना महिला र १३ जना पुरुष गरी २४ जनाको मृत्यु दर्ता गरेको छ । यस्तै वडा कार्यालयमा २८ जोडीले विवाह दर्ता गराएका छन् । वडा कार्यालयले ३५ महिला र २७ जना पुरुष गरी ६७ जनालाई नागरिकताका लागि सिफारिस तथा १९ महिला र २८ पुरुष गरी ४७ जनालाई नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गरेको छ । वडा कार्यालबाट ८ जनाले नाता प्रमाणितको सिफारिस लिएका छन् । वडाबाट ५ जनाले जन्ममिति प्रमाणित गरेका छन्, भने १ जनाले विवाह प्रमाणित गराएका छन् । वडामा ६२ जना महिला तथा ३१ जना पुरुष गरी ९३ जना जेष्ठ नागरिक, गैरदलितको संख्या रहेको छ । ९३ जना मध्ये जेष्ठ नागरिक दलित संख्या ५, पुर्ण अपांग १०, आशिंक अपांग ६, एकल महिला ३२, विधुवा महिला ३२ र बाल संरक्षणमा ६ जना रहेका छन् । आर्थिक वर्ष २०७८÷०७९ ३४ वटा योजनालाई प्राथमिकिकरण गरी कार्यान्वयन गरिएको वडाले जनाएको छ । कार्यक्रम वडा नम्बर ३ का वडा अध्यक्ष पदम सिंह महरको अध्यक्षतामा भएको थियो । यस्तै वडा नम्बर १ का वडा अध्यक्ष मोहन सिंह महराको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा नम्बर १ को सार्वजनिक सुनुवाई कार्यक्रममा
अधिकांस योजनाका काम गुणस्तरीय नभएको स्थानीयहरुले बताएका छन् । साथै उनीहरुले आगामी बजेट र योजना कार्यान्वयन गर्दा समावेशी र गुणस्तरीतामा जोड दिन जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय