दार्चुला । नेको इन्स्योरेन्स कम्पनीले पसल तथा घरमा आगलागीको क्षति बापत बीमा दावी भुक्तानी गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले सोमवार महाकाली नगरपालिका–४ राधाकृष्ण चोकस्थितको भट्ट जनरल स्टोर एण्ड सन्सका संचालक ललित प्रसाद भट्टलाई बीमा दावी भुक्तानी बापत ११ लाख ८ हजार ६ सय ८३ रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त रकमको चेक संचालक भट्टका छोरा सुरेश चन्द्र भट्टलाई हस्तान्तरण गरिएको नेको इन्स्योरन्स कम्पनी लिमिटेड दार्चुलाका मार्केटिङ प्रमुख भुवन राज भट्टले जानकारी दिए ।

महाकाली नगरपालिका–४ स्थित व्यवसाय गर्दै आएका भट्टको घरमा अवस्थित पसलमा गत असोज १२ गते राति आगलागी हुदाँ धनमाल जलेर नष्ट भएको थियो । निर्जीवन बीमा गरेका कारण कम्पनीले बीमा दावी रकममाथि प्राविधिक मूल्याङ्कन गरी क्षति अनुरुपको दावी भुक्तानी गरेको हो । नेको इन्स्योरेन्सले निर्जीवन बीमाअन्तर्गत गाडी, घर, मोटरसाइकल, ठेक्का, स्टक सामान, पशुपक्षि, बालीनाली आदिको बीमा गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय