दार्चुला । वित्तीय साक्षरता र डिजिटल भुक्तानीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दार्चुला पुग्नु भएको छ । काठमाडौंबाट धनगढी हुँदै गभर्नर अधिकारीको टोली दार्चुला पुगेको हो । गभर्नर अधिकारी,बैंकका कार्यकारी निर्देशकसहित दार्चुला पुगेर शुक्रबार जिल्ला सदरमुकाम खलंगामा सरोकारवालासंग वित्तीय साक्षरता र डिजिटल भुक्तानी सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरेका छन । यस्तै धनगढीस्थित बैंकका निर्देशकसहित गर्भनरको टोली दार्चुलामा रहेको छ । उहाँ शनिबार राजधानी फर्कने कार्यक्रम छ । आईतबार सार्वजनिक बिदा भएकाले सोमबार अर्को एउटा कार्यक्रमको निम्ति पोखरा जाने र मंगलबार फर्केपछि बुधवारदेखि नियमित कार्यालय जाने स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय