दार्चुला । जिल्लाको व्याँस गाउँपालिका–३ सिनाका धनसिंह धामीको घरगोठमा आगो लाग्दा गाईभैसीको जलेर मृत्यु भएको छ । धामीको खाना पकाउने भान्सा मुनि रहेको गोठमा बाँधिएका ‘ब्याउने’ एक गाई र एक भैसी मरेको स्थानीय चन्द्र सिंह धामीले जानकारी दिए । बच्चाहरुले खेल्ने क्रममा गोठमा आगो लगाएको बुझिएको छ ।

गोठमा हिउँदमा वस्तुभाउहरुलाई न्यानो पार्नका लागि सुकेका पतिंगर राखिएको थियो । आगलागी हुदा धामीको भान्सा कोठाका काठहरुसमेत जलेर नष्ट भएको छ । साथै पीडित परिवारले स्थानीय सरकारसँग राहतका लागि माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय