दार्चुला । माटोको ढिस्कोले पुरिएर दुई जना महिला घाइते भएका छन् । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली अम्कुरका इश्वरी जोशी र माहाना जोशी घाइते भएका छन।
घाइतेमध्ये अम्कुरको भम्क बस्नुहुने इश्वरी जोशी गम्भीर घाइते रहेको लेकम गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शिवराज जोशीले जानकारी दिए । लेकमको केन्द्र नजिकै रातामाटामा आज माटो खन्ने क्रममा अम्कुर बस्ने इश्वरी जोशी माटोको डिस्कोले पुरिएर गम्भीर घाइते भएको अध्यक्ष जोशीले जानकारी दिए । घाइते जोशीलाई उद्धार गरेर लेकम गाउँपालिकाको एम्बुलेन्सबाट उपचारको लागि गोकुलेश्वर पठाइएको छ ।
अर्का घाइते माहाना जोशीको अवस्था सामान्य रहेको र बढी चोट लागेका इश्वरी जोशीलाई गोकुलेश्वर अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।
