दार्चुला : जिल्लाको दुहुँ गाउँपालिकाले एमबिबिएस तथा बि.ई. अध्ययन गर्ने गाउँपालिका भित्रका विद्यार्थीहरुलाई छात्रबृति उपलब्ध गराउन सूचना आह्वान गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राविधिक शिक्षा तर्फ स्नातक तहमा एमबिबिएस तथा बि.ई. अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृति उपलब्ध गराउन सूचना आह्वान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र सिंह बडालले जानकारी दिनुभयो ।
एमबिबिएस तथा बि.ई. अध्ययन गर्न चाहाने विद्यार्थीलाई गाउँपालिकाबाट सम्बन्धित शिक्षालय वा क्याम्पसमा अध्ययन गर्न लाग्ने शुल्कको ५० प्रतिशत रकम उपलब्ध गराइने उहाले बताउनुभयो ।
दुहुँ गाउँपालिकामा स्थायी बसोबास गरेका तथा प्राविधिक शिक्षा तर्फ स्नातक तहमा एमबिबिएस वा बि.ई. अध्ययन गर्न चाहाने छात्रछात्राले आवश्यक कागजात सहित १५ दिन भित्र दुहुँ गाउँकार्यपालिकाको कार्यालयमा आवेदन दिन सक्ने उहाले जानकारी दिनुभयो ।
बिज्ञापन

