दार्चुला । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुलाको नयाँ नेतृत्व चयन गरिएको छ । संगठनको सनिवार बसेको वैठकले नयाँ नेतृत्व चयन गरेको हो । वैठकले जनकसिह बोहरा अध्यक्ष रहने गरि २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुलाको जिल्ला कार्यसमिति उपाध्यक्षमा रविन्द्र पुनमगर, दुर्गेश विष्ट, माधवी बोहरा सचिवमा दिनेशसिह धामी सहसचिवमा गणेश भट्ट कोषाध्यक्षमा खेमराज कपाडी र सहकोषाध्यक्षमा श्यामसिह महता चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा प्रेम डडाल, नविन धामी, माया धामी, मानसिह कार्की, शैलेन्द्र महरा, हरिदत्त भट्ट, पदम विष्ट, तर्कराज भट्ट, कविराज धामी, रंगलाल महत, अशोकसिह धामी र देवदत्त भट्ट चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुलाका अध्यक्ष जनक सिह बोहराले जानकारी दिए ।
वैठकले सर्वसम्मत रुपमा केन्द्रिय महाधिवेशन प्रतिनिधि, केन्द्रिय महाधिवेशन पर्यवेक्षक र प्रदेश प्रतिनिधि र प्रदेश पर्यवेक्षक चयन गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुलाका अध्यक्ष बोहराले बताए ।
केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चक्रसिह धामी, दुर्गेश विष्ट, सुन्दरी अवस्थी, रमेश ओखेडा, मानबहादुर खडायत र टिकेन्द्र कुमार सिंजापती चयन गरिएको उनले बताए । केन्द्रिय महाधिवेशन पर्यवेक्षकमा रविन्द्र पुनमगर, रमेशराज भट्ट र  दिनेशसिह धामी चयन भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधिमा ४ जना र प्रदेश पर्यवेक्षकमा ३ जना सर्वसम्मत चयन गरिएको छ । प्रदेश अधिवेशन प्रतिनिधिमा रमेशराज भट्ट, बासुदेव जोशी, गजेन्द्र जोशी र बासुदेव महरा चयन भएका छन् भने प्रदेश अधिवेशन पर्यवेक्षकमा पदम विष्ट, धनसिह विष्ट र देवदत्त भट्ट चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति अध्यक्ष बोहराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय