दार्चुला : गत भदौ २४ गते लास्कुखोलामा आएको बाढीले क्षतविक्षत बनाएको दार्चुला–तिंकर सडक स्तरोन्नतीको गर्ने कार्य भइरहेकाे छ । निरन्तर वर्षा भई खोलामा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगर स्थित लास्कुखोलामा निर्माण गरिएको मोटर पुल तथा ४ सय मिटर दार्चुला तिंकर सडक बगाएको महाकाली करीडोर सडक योजनाका कार्यालय प्रमुख लक्ष्मण दत्त जोशीले जानकारी दिनुभयो । बाढीले क्षति गरेको सडक स्तरोन्नती गर्न टेण्डर आह्वान गरी निर्माण कम्पनी संग सम्झौता गरिएको तथा हाल सडक स्तरोन्नतीको काम भइरहेको उहाले बताउनुभयो ।

महाकाली नगरपालिका–४ रिङनताल देखी बंगाबगर स्थित लास्कु खोला र दुहुँ गाउँपालिकाको पिपलचौरीमा सडक स्तरोन्नतीका लागि ठेक्का सम्झौता भएको उहाले जानकारी दिनुभयो । सोही कार्य अन्तरगत अहिले बंगाबगरको लास्कुखोलामा क्षतिग्रत सडकको स्तरोन्नतीको काम भइरहेको छ । खोला किनारमा तारजारी सहितको पर्खाल लगाएर सडक मर्मतको काम भइरहेको बताइएको छ । भविष्यमा पुनः खोलाले सडक तथा बस्तीमा क्षति नगरोस भनेर खोलालाई ३५ मिटरमा बग्न दिएर खोलाको दुवै तर्फको किनारमा तारजाली सहितको पर्खाल निर्माण भइरहेको तथा निर्माण कार्य अन्तिम चरणमा रहेको कार्यालय प्रमुख जोशीले बताउनुभयो ।

रिङनताल देखी लास्कु खोला र पिपलचौरीको सडक मर्मतका लागि १३ करोडको टेण्डर खोलिएको थियो । लास्कुखोलामा सुर्खेतको वाईएस निर्माण कम्पनीले निर्माणकाे काम गरिरहेको उहाले बताउनुभयो । साे खाेला स्थित ७ मिटर उचाइकाे २ सय मिटर लम्बाइमा तारजाली सहितको पर्खाल लगाइएको छ । सोही खोलामा आएको बाढीले क्षति गरेका खोला किनार आसपासका बस्तीहरु जोगाउनको लागि महाकाली नदि नियन्त्रण आयोजनाले तटबन्ध निर्माणको काम गर्ने बताइएको छ । बाढीले ४२ घर पूर्ण क्षति गरेको थिए भने, दुई विद्यालय भवन, २ वटा झोलुंगे पुल, जेसिबी–१, जीप–५ वटा, अटोकार–१ र १ ट्याक्टर बगाएको थियो । Dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय