दार्चुला : जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिकाले नगरप्रहरी भर्ना आवेदन खोलेको छ । प्रहरी सहायक निरीक्षक, हवल्दार र जवान पदमा खुला आवेदनमार्फत नगर प्रहरी भर्ना गरिन लागिएको हो । नगरपालिकाले प्रहरी सहायक निरीक्षक (असई) खुला १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी जवान खुला ७ जना र ३ जना महिला गरी जम्मा १० जनाको दरखास्त आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए ।

करार सेवा अवधिका लागि भर्ना गरिने नगर प्रहरीका लागि माघ २५ गतेसम्म दरखास्त आह्वान गरिएको उनले बताए । प्रहरी सहायक निरीक्षकका लागि भूपू सैनिक तथा प्रहरीको हवल्दार वा सहायक निरीक्षक पदबाट अवकास प्राप्त व्यक्ति हुनुपर्ने, ४८ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस्तै प्रहरी हवल्दार पदका लागि उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने र शैक्षिक योग्यता एसर्ईई वा सो सरह उर्तीण गरेको हुनुपर्नेछ ।

प्रहरी जवान पदका लागि उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र शैक्षिक योग्यता कम्तीमा ८ कक्षा पास गरेको हुनुपर्नेछ । प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार पदका लागि महाकाली नगरपालिकाको स्थायी नागरिक हुनुपर्ने जनाइएको छ । भर्ना प्रक्रियाका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण, शाररीरिक तन्दुरुस्ती परीक्षा, लिखित तथा मौखिक परीक्षा संचालन गरिने नगरपालिकाले जनाएको छ ।

बिज्ञापन


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय