दार्चुला । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा बिनाकारण महिलाहरूको समुहले तालबन्दी गरेका छन । सोमबार दिउँसो करिव ३ बजेतिर स्थानीय पिपलचौरीकै महिलाहरू समूहले बिना कुनै कारण तालाबन्दी गरेको वडा अध्यक्ष जित बहादुर बमले जानकारी दिए । केही छिन पछि वडा कार्यालयमा तालाबन्दी गरेको बिसय प्रहरी चौकी हिकिलालाई जानकारी भएको थियो । तालाबन्दी भएको थाहा पाउने बितिकै वडा कार्यालयमा प्रहरीटोलि पुगेको थियो । प्रहरी पुग्नेबित्तिकै ती तिनै जना महिलाहरुले पुन वडा कार्यालयको ताला खोलिदिएका छन ।
लघुउधम कार्यक्रममा एमाले निकट महिलाहरू छनोट हुनुपर्ने ठाउँमा काङ्ग्रेस निकट महिलाहरु बढी छनोट भएको भन्दै एमाले निकट महिलाहरुले तालाबन्दी गरेको भन्ने बुझिनमा आएको छ ।
