दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर १ पिपलचौरीको वडा कार्यालयमा तालावन्दी गर्ने महिलाहरुलाई कार्वाहीको माग गरिएको छ ।

सोमवार दिउँसो २ः३२ बजे तालावन्दी गर्नमा संलग्न तुलसा महर, र नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य तथा दुहुँ गा.पा वडा नम्वर १ ईन्चार्ज गोविन्दी महर लगायत १४ जना लाई मुलुकी फौजदारी कार्यविधि आचार संहिता २०७४ को दफा ११८ बमोजिम आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलालाई वडा कार्यालयले पत्र लेखेको छ । सोमवारका दिन दुहुँ गाउँपालिका उद्यम बिकास शाखाको सहजिकरणमा संचालनमा रहेको तालिमलाई स्थगित गर्ने गरि बिना कुनै अग्रमी सुचना नदिईकन गाउँपालिका अध्यक्षले पठाएको भनी जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई धम्की लिई वडा कार्यालयमा सेवा लिन आएका सेवा ग्राहीहरुलाई समेत असर पर्ने गरी ताला लगाईएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुला, दुहुँ गाउँपालिका कार्यालय हिकिला दार्चुला र प्रहरी चौकी हिकिलालाई बोधार्थ गरी वडा नम्वर १ का वडा अध्यक्ष जित वहादुर बमद्धारा हस्ताक्षरित निवेदनमा तालावन्दी गर्ने महिलाहरुलाई आवश्यक कार्वाहीका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय