दार्चुला । नेपाल–भारत सीमासँग जोडिएको डौडाबजार नेपाली ग्राहकले चलेको छ। यहाँका बासिन्दा पनि सस्तो खोज्दै सीमावर्ती भारतको डौडाबजार पुग्ने गर्छन । यही कारण नेपाली उपभोक्ताको घुँइचो स्थानीय बजारभन्दा पनि पारितर्फै बढी हुन्छ ।
डौडाबजारका ९५ प्रतिशत ग्राहक नेपाली भएको जगन्ननाथ ब्रर्दश एण्ड सप्लार्यस डौडाबजारका ब्यापारी जिवन कडायतले बताए । आपनो पसल भारतीय ग्राहक भन्दा नेपाली ग्राहकलाई लक्षित भएको र उनले नेपालको सीमा बजारको तुलनामा डौडा बजारमा ३० प्रतिशत सस्तोमा सामान पाइने बताए । चाडबाड र दैनीक उपभोग्यका सम्पुर्ण चाहिने सामग्री खरिद गर्न स्थानीय उपभोक्ता त्यहाँ पुग्छन । सो बजारमा दैनिक पाच लाख बढी भारतीय रुपैयाँको कारोबार हुने गरेको व्यापारीहरू बताउँछन । जबकी नेपालको बजार भने न्यून व्यापार हुन्छ ।
भारतमा पाइने सामान किन्न नेपालीहरू भारतीय डौडाबजार गएर किनमेल गरी फर्किन्छन्,’ नेपाली ग्राहकलाई लक्षित गरी डौडा बजारमा झण्डै १५ वटा पसल संचालनमा छन्। यहाँ किराना, फेन्सी, होटल र कस्मेटिक पसल धेरै भएको स्थानीय ब्यपारी मान सिह भाटले बताए । उनले यी मध्ये किराना र होटल धेरै भएको बताए।
नेपालको सीमावर्ती गाउहरु मकन्ना,लाली खम्तड, खरकडा, रिठाचौपाता, कुणी,लगायत ग्राहकहरु डौडाबजार आउने गर्छन । यतिबेला बजारको ४० प्रतिशत सामान नेपाली उपभोक्ताबाटै खपत हुने स्थानीय ब्यापारी बताउँछन । नेपाली बजारको तुलनामा डौडा बजारमा समान सस्तो पाइने लेकमका दिपक जोशीले बताए । दार्चुलाको लाली पुल नाकाबाट भारतको डौडा बजारमा औषधोपचार र मालसामानका लागि दैनिक १÷२ सय नेपाली जाने गरेको सुरक्षाकर्मी बताउँछन ।
डौडाको बजार सिमावर्ती क्षेत्रका ग्राहकहरुमा निर्भर भएको अर्का व्यापारी भबी भाट बताउँछन । ‘डौडा बजार नेपालीको भरमा चलेको छ,’ उनले भने, ‘स्थानीय उपभोक्ता आफूप्रति आकर्षित छैनन्न ।’ उनले बरु नेपाली ग्राहक र भारतमा काम गरी दसैं–तिहारमा घर फर्कने नेपालीले बालबच्चाका लागि लत्ताकपडा र अन्य उपभोग्यवस्तु किनेर लैजाने गरेको बतानुभयो ।
महँगी धेरै हुने भएकाले सस्तोकै लागि भारतीय बजार पुग्ने गरेको उपभोक्ता बताउन्छन । चाडपर्वमा उपभोक्तालाई मारमा नपर्नेगरी स्थानीय व्यापारीले दररेट कायम गर्ने हो भने स्थानीय उपभोक्ता भारतीय बजारमा नधाउने भारतमा किनमेल गर्न गएका अधिकांश उपभोक्ताको भनाइ छ । घरायसी उपभोगका लागि धेरै समान ल्याउनु पनि नपर्ने र भन्सार नलाग्ने भएकाले सस्तोमा समान ल्याउन पाइने यहाँका उपभोक्ता बताउँछन।
