दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिकामा सनिवार राती करिब ११ बजेतिर दुईवटा पसलमा आगलागी भएको छ । आगलागीबाट लाखौ मुल्य बरावरको सामान जलेर नष्ट भएको बताइएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ४ खण्डेश्वरीका विक्रमसिंह बोहरा र कुन्दनसिंह रोकायाको पसलमा सोलारको ब्याट्री सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगत गहामगरले जानकारी दिए ।

आगलागी हुँदा पसलभित्र रहेका सबै सामग्री जलेर नष्ट भएको उनले  बताए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानीयहरुको सहयोगमा पसलहरुमा लागेको आगो राती नै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गहामगरले बताए । घटनाका बिषयमा थप अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलमा गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय