दार्चुला – महाकाली नदीमा बगेका एक जना वृद्धकाे मृत्यु भएको छ । बुधवार जिल्ला सदरमुकाम खलङ्गा बजार नजिक महाकाली नदीमा बगेका ७० वर्षीय वीरसिंह बडालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाको महाकाली नगरपालिका २ पन्डोरा घर भएका बडाललाई स्थानीयले महाकाली नदीमा बगिरहेको अवस्थामा देखेपछि प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । दिउँसाे २ बजेतिर सशस्त्र प्रहरीले बडालकाे उद्धार गरेपनि उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए ।

मृतक बडालले जाँड–रक्सी खाएकाे र शौच गर्न महाकाली नदी किनारमा गएपछि नदीले बगाएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय