दार्चुला : नेपाल शिक्षक जिल्ला कार्यसमितिको अध्यक्षमा शिक्षक गणेश दत्त अवस्थी सर्वसम्मत चयन हुनु भएको छ । नेपाल शिक्षक संघको सोमबार सम्पन्न नवौ अधिवेशनबाट शिक्षक अवस्थी सर्वसम्मत चयन हुनु भएको निर्वाचन समितिका सदस्य विक्रम सिंह रैखोलाले जानकारी दिनुभयो ।
उद्घाटनसत्र पछिको बन्दसत्रमा लामो समय भएको छलफल पछि नेतृत्व चयनको टुंगो लागेको बताइएको छ । जिल्ला कार्य समितिको महिला उपाध्यक्षमा मन्द्रा कार्की, पुरुष उपाध्यक्षमा दामोदर जोशी, सचिवमा सुरेन्द्र प्रसाद बडू, अर्थ सचिवमा पदम सिंह महरा, सह सचिवमा देव दत्त भट्ट, सहसचिव महिलामा गंगा खाती, सहसचिव अर्थ महिलामा लक्ष्मी खत्री रैखोला, सह सचिवमा बहादुर सिह ग्वाईला, सह सचिवमा पूर्णानन्द जोशी, सहसचिव समावेशीमा केशर सिंह धामी सर्वसम्मत चयन हुनु भएको छ ।
समितिको सदस्यहरुमा चन्द्रावती कार्की, खडक सिंह लोथ्याल, वीर बहादुर पाल, केशवराज गिरी, हरीदत्त जोशी चयन हुनु भएको छ । यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा लक्ष्मी अवस्थी, लक्ष्मी चन्द सिंह, मोतिलाल सिंह ठेकरे, महेश दत्त भट्ट, रामदत्त पन्त, हरिदत्त भट्ट र ज्ञानेन्द्र बहादुर सिंह चयन हुनु भएको छ । यसैगरी संघीय महाधिवेशन प्रतिनिधिहरुमा दौलत सिंह खाती, करन सिंह ठगुन्ना, बलदेव सिंह धामी, हेमन्ती सिंह, दुर्गा हमाल र गोपाल दत्त जोशी चयन हुनु भएको छ ।
