दार्चुला । चौलानी नदीमा बगेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथ रहेको प्रहरीले जनाएको छ । नाथको बुधबार दिउँसो चौलानी नदीमा बगेर मृत्यु भएको हो ।

दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले’मेला हेर्न घरबाट  आएका नाथ चौलानी नदीमा बगेका र उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।   शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय