दार्चुला । जिल्लाको अपि हिमाल गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ कि २२ वार्षिय सुरन्ती वैरेको सोमबार हेलिकप्टरबाट उद्धार गरिएको अपि हिमाल गाउँपालिकाका अध्यक्ष भकत सिह ठेकरे बोहराले जानकारी दिए ।
आइतबार राती ८ बजे देखि सुत्केरी बेथा लागेकि वैरेलाइ खण्डेश्वरी स्वास्थ चौकी लगीएको अपिहिमाल सहकर्मी भकत सिह धामीले जानकारी दिए । लामो समय सम्म सुत्केरी बेथा लागेकी महिलाले बच्चा जन्माउन नसकेपछि
थप उपचारका लागी नेपाली सेनाको एन ए ०६६ नम्बर को हेलिकप्टरबाट सुर्खेत लगिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरूलाई विभिन्न समयमा हेलिकप्टर मार्फत उद्धार गर्ने गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले जानकारी दिए ।
