दार्चुला : महाकाली नगरपालिकाले भर्ना गरिरहेको नगरप्रहरीमा असई र हवल्दार गरी तीन जना नियुक्तीका लागि सिफारिस भएका छन् । नगर प्रहरी सहायक निरीक्षक (असई) मा महाकाली नगरपालिका–६ का मोहन सिंह धामी र हवल्दार पदमा महाकाली नगरपालिका–५ का बिजय सिंह ऐरी तथा महाकाली नगरपालिका–९ का करन सिंह नगारी सिफारिस भएका हुन् । नगरपालिकाले गत माघ ११ गते प्रकाशित गरेको विज्ञापनमा दरखास्त दिई स्वास्थ्य परीक्षण, शारीरिक परीक्षण, लिखित तथा मौखिम परीक्षा उतीर्ण गरी नियुक्तीका लागि सिफारिस भएका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्नाले बताए । असईका लागि भने अन्तरवार्ता मात्र लिइएको थियो ।
प्रहरी जवानका लागि फागुन १३ गते ४५ जनाले लिखित परीक्षा दिएपनि अहिलेसम्म नतिजा प्रकाशित गरिएको छैन् । नगर प्रहरी जवानका लागि नगरपालिकाले खुला ७ जना र ३ जना महिला गरी १० जनाको संख्यामा भर्ना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय