दार्चुला : १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितकाको उपाधि महाकाली नगरपालिकाले जितेको छ । प्रतियोगितामा २१ स्वर्ण, ११ रजत र १० कास्य पदक जित्दै महाकाली नगरपालिका प्रथम भएको हो । महाकालीले जम्मा ४२ पदक जितेको छ । प्रतियोगितामा मालिकार्जुन गाउँपालिका दोस्रो भएको छ । मालिकार्जुन गाउँपालिकाले ६ स्वर्ण, ६ रजत र ३ कास्यसहित १५ पदक जितेको छ ।
त्यस्तै ३ स्वर्ण, ९ रजत र २ कास्यसहित १४ पदक जित्दै मार्मा गाउँपालिका तेस्रो भएको छ भने शैल्यशिखर नगरपालिकाले सान्त्वना स्थान हासिल गरेको छ । शैल्यशिखरले २ स्वर्ण ४ रजत र २ कास्यसहित ८ पदक जितेको आयोजक जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराते खेल समावेश गरिएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूले सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिताका विजेता, उपविजेता तथा तेस्रो भएका पालिकालाई एक समारोहका बीच पुरस्कृत गरिएको छ । फागुन १२ गतेदेखि संचालन भएको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (७ औँ दिन) फागुन १८ गते सम्पन्न भएको हो ।
बिज्ञापन

