प्रेमराज जोशी दार्चुला असोज ०१ । दुहुँ गाउँपालिकाका प्रमुख लगायतको टोली प्रदेश राजधानी धनगढी हुदै संघको राजधानी काठमाडौं प्रस्थान भएको छ । सुक्रवार जिल्ला सदरमुकाम खलंगावाट हिडेको टोली शनिवार प्रदेश मुख्य मन्त्रि त्रिलोचन भट्टलाई भेट्ने कार्यक्रम रहेको टोली सदस्य एवंम जिल्ला समन्वय समिति प्रमुख करविर वहादुर कार्कीले वताए । आईतवार विहानै टोली संंघको राजधानी काठमाडौं प्रस्थान गर्ने छ ।
यहि भाद्र १३ गते राति परेको मनसुनी वर्षाले दुहुँ गाउँपालिका क्षत विक्षत भएकाले वस्ति स्थानान्तरण र सार्वजनिक सम्पति पुननिर्माणको पहलका निमित्त टोली प्रदेश राजधानी धनगढी हुदै संघ राजधानी काठमाडौं प्रस्थान गर्ने गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्कीले वताए । प्रदेश राजधानीमा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्ट र अन्य सम्वन्धित मन्त्रालयका मन्त्रिहरुसँग भेटघाट गरिने वताईएको छ ।
त्यस्तै संघको राजधानीमा प्रधानमन्त्री शेरवहादुर देउवा मार्फत अन्य सम्वन्धित निकायका प्रमुखहरु सँग भेटघाट गरिने जनार्ईएको छ । टोलीमा जिल्ला समन्वय समितिका प्रमुख करविर वहादुर कार्की, गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्की, वडा नं. २ का वडा अध्यक्ष गोविन्द सिह डडाल, ३ नं. का वडा अध्यक्ष लालवहादुर वंम र वडा नं. ५ का वडा अध्यक्ष दौलत सिह महर रहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs