दार्चुला । मंगलबार बिहान जिप दुर्घटना  हुदाँ ६ जना घाइते भएका छन् ।जिल्लाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्यान्की नजिक लास्कु खोलामा मधेश प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो ।

जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । जीपमा भारतीय नागरिक सवार रहको बताइएको छ ।   भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएको बुझिएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जिपपार्कबाट लास्कु खोलामा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय