दार्चुला :जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगरमा भएको जीप दुर्घट्नामा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको पिथौरागढ जिल्ला धारचुला तहशिल अन्तरगत पर्ने सिमखोलाका ६० वर्षिय काली देवी नेगी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बंगाबगरबाट नौगाड गाउँपालिकाको दल्लेख तर्फ जादै गरेको मधेश प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जिप बिहान ११ः५५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप ब्याक गर्ने क्रममा दुर्घट्ना भएको बताइएको छ ।
जीप सडकबाट ४०÷५० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक लोकेन्द्र बहादुर कार्कीले बताउनुभयो । दुर्घट्नामा परी जीपमा सवार अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा महाकाली नगरपालिका–२ बुढिचौराका जीप चालक मोहन सिह लोथ्याल, ठेगाना नखुलेका भारतिय नागरिक जोगा राम, बिमला नेगि, दिवान राम, शान्ति नेगि, अन्जु सरदार, कुमारी किरण, जोत सिह सरदार र गुरुजोत घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । भारतिय नागरिक डुङरी मन्दिर दर्शनका जादै गरेको खुल्न आएको छ ।
