दार्चुला । १९ वर्षीया युवतीलार्ई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ चिनचिरी बस्ने वर्ष ३६ का इन्द्रबहादुर बमलाई प्रहरीले २७ फागुनमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
फागुन २६ गते राति घरमै आएर युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपित बमलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगतगाहा मगरले जानकारी दिए । पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थपगरी अनुसन्धान भइहरेको उनले बताए । आरोपित बम विरुद्ध जबरजस्तीकरणी अन्तर्गत मुद्दा समेत दर्ता गरिएको छ ।

१९ वर्षिया युवतीको घरमा कोही नभएको मौकाछोपी आरोपित बमले रातिको समयमा घरमै आएर जबरजस्ती करणी गरेको पिडित पक्षले बताएका छन । पीडित युवतीको स्वास्थ्य परीक्षण २७ फागुनमा जिल्ला अस्पताल दार्चुलामा गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । गिरफ्तार परेका बम अहिले प्रहरीको हिरासतमा रहेका छन । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
