दार्चुला : एमबीबीएस प्रवेश परीक्षामा दार्चुलाका एकै परिवारका दाजुभाईले नाम निकालेका छन् । जिल्लाको महाकाली नगरपालिका–६ निसिल घर भएका कृष्ण भण्डारी र मनोज भण्डारीले प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका हुन् । कक्षा १० सम्म गाउँकै सरकारी विद्यालयमा अध्ययन गरेका उनीहरुले कक्षा १२ काठमाडौँको गोल्डेन गेटबाट उतीर्ण गरेका थिए ।
चिकित्सा शिक्षा आयोगले बुधवार एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो । आयोगले २४ फागुनमा एमबीबीएसका लागि एकीकृत प्रवेश परीक्षा लिएको थियो । जसमा जम्मा ६ हजार ६६९ विद्यार्थीले नाम निकालेका छन् ।
