दार्चुला । जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ । पुराना भवनहरु जीर्ण भई दैनिक काम कारबाहीमा कठिनाई आए संगै नयाँ भवन बन्न लागेको हो । करिब ११ करोडको लागतमा बन्न लागेको नयाँ भवनको निर्माण कार्य १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ ।
भवन निर्माणको जिम्मा आसिस आलोक जोइन्ट भेन्चरले पाएको छ । लामो समय देखि पुरानो र साँघुरा भवनबाट सेवा प्रवाह गर्दा समस्या भइरहेको र आधुनिक भवन निर्माण भएपछि सेवा प्रदान गर्न सहज हुने अपेक्षा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) तर्कराज  पाण्डेयले जानकारी दिए । नयाँ बन्ने भवन ३ तलाको हुने बताइएको छ । नयाँ बन्न लागेको भवनमा थुनुवा कक्ष, महिला पुरुष हिरासत कक्ष,बालनिगरानी कक्ष, ब्यारेक, कार्यालय प्रमुखको निवास प्रहरीका आन्तरीक शाखाहरु निर्माण हुने छ्न ।
निर्माण कम्पनीले भवन निर्माण कार्य सुरु गरेपछि अहिले पुराना संरचनाहरु हटाउन थालिएको छ । नयाँ भवन निर्माण कार्य सुरु गरेपछि प्रहरी जवानहरुलाई महाकाली नगरपालिकाले निर्माण गरेको आइसोलेसन भवन तथा बृहत खानेपानी कार्यालयले निर्माण गरेका भवन (भौराबगड) क्षेत्रमा इन्सपेक्टर गोविन्द भण्डारीको नेतृत्वमा ५१ जना प्रहरी जवानहरु बस्ने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै बाकी रहेका प्रहरीहरु अहिले कारागार तथा कुनै कोठा भाडालिएर समेत बसेको बताइएको छ । केही प्रहरीहरु अस्थाई संरचनामा समेत बस्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । एकै पटक सबै संरचना भत्काएर सँगै निर्माण गर्नुपर्ने भएकाले व्यवस्थापनमा केही असजिलो भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नयाँ बन्ने भवनको शिलान्यास केही समय पछि गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा हाल १३० जनाको दरबन्दी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय