बैतडी । बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित ६जना विरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, सोही कार्यालयका तत्कालीन प्राविधिक सहायक स्व.सञ्जय ठाकुर दनुवार, मनकाकुमारी अवस्थी, तत्कालीन स्रोत व्यक्ति हरि नाथ, बलैराज निमाविका प्रधानाध्यापक नरबहादुर कुँवर र बलैराज निमाविका व्यवस्थापन समिति अध्यक्ष जयराज जोशीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

झुट्टा सरुवा पत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोप जिशिअ भट्टमाथि लागेको छ। अख्तियारले छानबिन गर्दा नियुक्ति पत्र नै नभएको गैर शिक्षक मनकाकुमारी अवस्थीलाई दोगडाकेदार गाउँपालिकाको सलसेनास्थित हुनैनाथ आधारभूत विद्यालयको व्यवस्थापन समितिबाट नियुक्ति गरिएको पाइएको थियो। विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई जिसिअ भट्टले आफै स्वीकृत गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

हुनैनाथ आधारभूत विद्यालयबाट अवस्थीलाई दोगडाकेदारकै बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरेको समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय