धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नंम्बर ३ जड्याखालीका रमेश भुललाई गाई मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

भुलले सोमबार साँझ आफ्नै घरमा पालेका ३ ओटा गाईलाई मारेको खबर प्राप्त भएपछि भुललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

मदिरा सेवन गरेर घरमा आएका भुलले घरमै बाँधेका गाईलाई काठले टाउकोमा हानेर मारेको बुझिएको छ । उनलाई पक्राउ गरेर पशुपन्छि सम्बन्धी कसुरमा कारवाही हुने प्रहरी निरीक्षक जोशीले बताए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय