धनगढी । कञ्चनपुरमाको भिमदत्त नगरपालिका वडा नम्बर–८ भाँसी का तपेन्द्र चौधरी र सुमितलाई अवैध लागुऔषधसहित प्रहरीले पक्रउ गरेको छ ।
झलारी र बन्साहबाट खटीएको संयुक्त प्रहरी गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका १२ कालागौडी स्थित बेलौरीबाट कलुवापुर तर्फ आउँदै गरेका म २ प २९७८ नम्बरको मोटरसाईकल माथि संकालागि चेकजाँच गर्दा चालक तपेन्द्र चौधरीको साथबाट ८.५१० ग्राम लागुऔषध फेला परेको हो ।

साथै उनीहरुको साथबाट विभिन्न किसिमका औषधि र ३ थान मोबाइलसमेत बरामद गरिएको व्रहरीले जनाएको छ ।
