दार्चुला । व्याँस गाउँपालिका वडा नंम्बर ६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बिहिवार बिहान १० बजेतिर बडुगाउँको पुल छेउमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । शवको पहिचान भने हुन सकेको छैन् । उक्त शव महाकाली नदीमा बगेर आएको हुन सक्ने आशङ्का गरिएको छ । त्याघटनास्थलमा इलाका प्रहरी कार्यालय हुतिबाट प्रहरी टोलि खटिएको छ ।
