दार्चुला । सुदूरपश्चिम प्रदेशमा माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । प्रदेशमा माध्यामिक शिक्षा परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।

सुदूरपश्चिममा दुई सय आठवटा परीक्षा केन्द्र रहेको शिक्षा विकास निर्देशनालय दिपायलले जानकारी दिएको छ । एसईई परीक्षाको पहिलो दिनमा धेरै परीक्षार्थीहरू भने अनुपस्थित देखिएको निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ परीक्षार्थी रहेकोमा निर्देशनालयका अनुसार प्रदेशमा पहिलो दिन एक हजार दुई सय १८ जना अनुपस्थित भएका छन् ।

डोटीमा ४० जना छात्र तथा ५४ जना छात्रा गरी ९४ जना, बाजुरामा २६ छात्र २९ छात्रा गरी ५५ जना, ४४ छात्र ५२ छात्रा गरी ५५ जना, बझाङमा ४४ छात्र ६७ छात्रा गरी ९६ जना, अछाममा ५४ छात्र ६७ छात्रा १२१ जना, दार्चुलामा ३० छात्र १६ छात्रा गरी ४६ जना बैतडीमा ७१ छात्र ५९ छात्रा गरी १३० जना, डडेल्धुरामा १८ छात्र १६ छात्रा गरी ३४ जना, कञ्चनपुरमा १७२ छात्र १८९ छात्रा गरी ३६१ जना र कैलालीमा १७२ छात्र १८९ छात्रा गरी ३६१ जना गरी सुदुरपश्चिम भरी एक हजार दुई सय ९८ जना परीक्षार्थी अनुपस्थित रहेका शिक्षा विकास निर्देशनालय दीपायलले जानकारी दिएको छ ।

चैत १९ गते अनिवार्य गण्ति बिषयको परीक्षा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय