बैतडी । बैतडीमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ धौकुचे बस्ने ७५ वर्षीया गौरा नाथको मृत्यु भएको हो।

सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले गौरालाई गोकुलेश्वर–गन्ना सडकखण्ड घर नजिकै धौकुचे सडकमा हिँडिरहेका वेला आज ९बुधबार० अपराह्न ४ बजे ठक्कर दिएको हो ।

जीपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

चालक डिलाशैनी गाउँपालिका(१ का रोशन नाथ र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय