दार्चुला । दार्चुलामा मोटरसाइकलको ठक्कर बाट तीन जना घाइते भएका छन् । महाकाली नगरपालिका—७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलले शुक्रबार मध्यान्ह १२ बजेतिर मालिकार्जुन नमूना मावि धापका विद्यार्थीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट महाकाली नगरपालिका—८ का १८ वर्षीया सरस्वती भाट, कमला भट्ट र माधवी पाल घाइते भएकी हुन् । भाटको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम छ । पालको टाउकोमा चोट लागेको छ ।

मोटरसाइकल चालक महाकाली नगरपालिका–४ का १८ वर्षीय सक्षम निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको अवस्था सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय