अछाम । अछामको साँफेबगर नगरपालिका-३ का हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौँमा आज मृत्यु भएको छ ।
उनी एक हप्ता अघि बसको ठक्करबाट घाइते भएका थिए ।
चैत्र १९ गते सुपप्र ०१–००१ ख ३१५४ नम्बरको बसले कुँवर सवार सु प प्र ०१–००९ प ६५८४ नम्बरको मोटरसाइकललाई साँफेबगर नगरपालिका -७ रिडिकोटको वडा कार्यालय नजिकै ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाईते भएका कुँवरलाई उपचारका लागी काठमाण्डौ लगिएको थियो । उनको काठमाण्डौमा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
