डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका– ७ पाल्तडामा रहेको स्थानिय लाल भुलको घरमा आगलागी हुँदा २ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

खाना पकाउँने क्रममा हुरी बतास चलेपछि आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । भुलको गोठमा क्षति हुँदा घरगोठ पूणर्रुपमा जलेर नष्ट भएको छ। साथै गोठमा रहेको एक गाई आगोमा जलेर मृत्यु भएको छ ।

घटनापछि चनुकाडा प्रहरी चौकी ईन्चार्ज आन सिं धामी, वडाध्यक्ष चन्द्रमान सुनार लगायतले संयुक्त अनुगमन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय