दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर ३ र ४ को चालु आर्थिक बर्ष २०७९/८० को पहिलो र दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार मार्मा गाउँपालिकाको आयोजना तथा गतिशील नेपाल व्यक्तित्व विकासको सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

वडा नम्बर ३ ले पहिलो र दोस्रो चौमासिकमा १ सय १० जना गैर दलित जेष्ठ नागरीक, १२ जना दलित जेष्ठ नागरिक, १७ जना पूर्ण अपाङ्ग, ८ जना आशिंक अपागं, २९ विधुवा महिला, १६ जना एकल महिला तथा ५९ बालवालिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाएको छ । पञ्जिकरण अन्तर्गत पहिलो र दोस्रो चौमासिकको अवधिमा ४१ जनाको जन्मदर्ता, १५ जनाको मृत्यु दर्ता, १५ जोडीको विवाह दर्ता र ९ जनाले बसाइँसराइ गरेको जनाइएको छ । वडापालिकाले चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकको अवधिमा १ लाख ७१ हजार ४० रुपैयाँ राजश्व संकलन गरेको वडा सचिव भद्रकला बस्नेतले जानकारी दिए ।

त्यस्तै वडा नम्बर ४ ले १ सय ७६ जना गैर दलित जेष्ठ नागरीक, ४ जना दलित जेष्ठ नागरिक, १२ जना पूर्ण अपाङ्ग, ७ जना आशिंक अपागं, २२ विधुवा महिला, १९ जना एकल महिला तथा १३ बालवालिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाएको छ ।

पञ्जिकरण अन्तर्गत पहिलो र दोस्रो चौमासिकको अवधिमा १२० जनाको जन्मदर्ता, २७ जनाको मृत्यु दर्ता, ४६ जोडीको विवाह दर्ता र २२ जनाले बसाइँसराइ गरेको जनाएको छ । वडापालिकाले चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकको अवधिमा १ लाख ७३ हजार ३ सय ३६ रुपैयाँ राजश्व संकलन गरेको वडा सचिव रमेश राज भट्टले जानकारी दिए ।

वडा नम्बर ३ का वडा अध्यक्ष धिरेन्द्र सिंह धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा १ जनाले सुझाव राखेका थियोे भने वडा नम्बर ४ का अध्यक्ष वीर सिह धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५० जनाको उपस्तिथि रहेको थियो । कार्यक्रममा ३ जनाले सुझाव राखेका थिए ।

भोलि अर्थात चैत २८ गते वडा नम्बर ५ र ६ को सार्बजनिक सुनुवाइ हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय