दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ शंकरपुर पस्तीमा निर्माण हुन लागेको गाउँपालिकाको प्रशासकिय भवनको बिहीबार उद्याटन गरिएको छ। भवनको निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी र गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले संयुक्त रुपमा उद्याटन गर्नुभएको हो ।

गाउँपालिकाको वडा नम्बर ८ थकतोलीका स्थानीय दुर्गा दत्त जोशी र मोहन देव जोशीले निशुल्क दान गरेको ६ रोपनी जग्गामा निर्माण हुन लागेको गाउँपालिकाको प्रशासकिय भवनको आज उद्याटन गरिएको गाउँपालिकाका निर्वतमान अध्यक्ष नरेन्द्र सिंह धामीले जानकारी दिए ।

धुलिखेल एल.वि. एण्ड जेवि निर्माण कम्पनी धनगढी संग १० जेठ २०७९ मा निर्माण सम्झौता भएको भवन निर्माणको लागि ८ पुष २०७९ मा निर्माणको कार्य आदेश पाएको थियो । संघिय सरकार र मालिकार्जुन गाउँपालिकाको समपुरक अनुदान मार्फत निर्माण हुने उक्त भवनका लागी ६ करोड ५४ लाख ९० हजार रुपैयाँ लागत हुने उनले बताए।

चालु आर्थिक बर्ष २०७९÷०८० का लागी संघिय सरकार र मालिकार्जुन गाउँपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरेका छन्। धुलिखेल भवन उद्याटन कार्यक्रमा बाजागाँजा सहित स्थानीय बासिको हर्सउल्लास पुर्ण उपस्थिती रहेको उनले बताए। विगत सरकारको पालामा जग्गा प्राप्ति भई ठेक्का टेन्डर समेत भएको भवन निर्माण प्रक्रिया विभिन्न कारण रोकिएको थियो ।

“निर्माण हुन लागेको प्रशासकिय भवन मालिकार्जुन गाउँपालिकाका ८ वटै वडाका स्थानीयलाई पायक पर्ने स्थानमा छ” पुर्व गाउँपालिका अध्यक्ष धामीले भने। महाकाली लोकमार्ग संगै निर्माण हुने सुविधा सम्पन्न भवन निर्माण भए गाउँपालिका बासिलाई सहज रुपमा सेवा प्रवाह गर्न सकिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय