दार्चुला । जिल्लाको दुर्गम पालिकाको रुपमा रहेको अपिहिमाल गाउँपालिकाले अपि बेश क्याम्प भ्रमण सप्ताह सञ्चालन गर्ने भएको छ ।

७ हजार १३२ मिटर उचाइमा रहेको अपि बेश क्याम्पमा आन्तरिक तथा बाह्य पयर्टकको आवागमन बढाउने उद्देश्य सहित भ्रमण सप्ताह सञ्चालन गर्ने तयारी भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत ठेकरे बोहराले जानकारी दिए ।

वैशाख १४ गतेदेखि अपि बेश क्याम्प भ्रमण सप्ताह सञ्चालनको तयारी भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष ठेकरे बोहराले बताए । अपिहिमालको प्रचारप्रसार गर्ने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गर्न लागेको हो ।

अपिहिमालमा लाखौं मूल्यका जडीबुटी पाइनुका साथै अतुलनीय प्राकृतिक छटाहरु रहेका छन् । अपि बेश क्याम्प भ्रमण सप्ताहमा सरीक हुन समेत उनले सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय