दार्चुला । यार्सागुम्बा खोज्नको लागि रासन पुगाउन गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको व्यासँ गाउँपालिका वडा नम्बर ३ सल्याडीकी अन्दाजी ३२ वर्षिया रिउली डडालको मृत्यु भएको स्थानीय कृष्ण सिह कुवरले जानकारी दिए । गत विहिबार यार्सागुम्बा पाइने ठाउँ मुल्तीमा डेरा बनाइ दाउरा लिन गएका बेला भिरबाट लडेर डडालको घटना स्थलमै मृत्यु भएको परिवारले जनाएको छ ।
१२ गते घरबाट उनी श्रीमान संग उक्त ठाउँ गएकी थिइन । मृतक महिलाको शवलाई दाहस्कार समेत गरि सकेको छ । मृतक महिलाको घरमा दुई छोरा र श्रीमान रहेका छन । अहिले हिमाली स्थानीय तह जिल्लाको व्यासँ गाउँपालिका र अपि हिमाल गाउँपालिकाका अधिकाश परिवारहरु यार्सागुम्बा खोज्न लेकतिर गएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
