दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा– ८ स्थित शारदा आधारभुत विद्यालय धामालेकमा शनिबार राति चोरी भएको छ । विद्यालयको ताला तोडेर चोरी भएको विद्यालयका प्रधानाध्यापक अम्बादत्त भट्टले जानकारी दिए । शनिबार राती ढोका तोडेर करिब ३ लाख बराबरको समान चोरी गरेको विद्यालयले जनाएको छ ।
विःस २०७५ सालमा साझा शिक्षा पार्टीले विद्यालयलाई प्रदान गरेका १२ वटा इपार्टी ल्यापटप मध्ये चोरले विद्यालयमा जडान गरिएका ६ वटा ल्यापटप चोरेको विद्यालयले जनाएको छ ।अन्य ६ वटा इपार्टी ल्यापटप भने चोरिएका छैनन। चोरले इपार्टी ल्यापटप संगै ८ वटा चार्जर समेत लगेको छ ।
विद्यालयमा कसले चोरी गरेको हो भन्ने कुरा खुलेको छैन। प्रहरीले विद्यालयमा चोरी गर्नेको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र सिंहका अनुसार प्रहरी चौकी शंकरपुर पस्तीबाट अहिले प्रहरी साहयक निरीक्षक विरादत्त पन्तको नेत्वतमा प्रहरी टोली खटाइएको बताइएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
