धनगढी । दार्चुलाका पत्रकार लोकेन्द्रसिह कार्कीको पहलमा सहयोग रकम संकलन गरिएको छ ।

झण्डै दुई दशक देखि भारतमा मजदुरी गर्दैआएका दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ गराडी (तल्लागाउँ) का पदमसिंह कार्कीको गत चैत ८ गते भारतको बिहार राज्य स्थित पटना भन्ने ठाउँमा एक्कासी निधन भएपछि कार्कीको परिवारमा दैनिक छाक टार्न निकै अप्ठ्यारो भएका कारण पत्रकार कार्कीले सहयोग अभियान चलाएका हुन् ।

सहयोगार्थ स्वरुप अहिलेसम्म डेढ लाखको हाराहारीमा सहयोग रकम उठेको पत्रकार लोकेन्द्र कार्कीले जानकारी दिए । रकम करिब एक हप्ता भित्रमा पिडीत कार्की परिवारलाई हस्तान्त्रण गरिन लागिएको पत्रकार कार्कीले बताए ।

सहयोग गर्न ईच्छुकले नेपालका लागि लक्ष्मणसिंह कार्कीको ईसेवा नम्बर ९८६५७७७३३८ र टिकेन्द्रसिंह कार्कीको ग्लोबल आईएमई बैंकको खाता नम्बर २०१०७०१०००४७४९ मा रकम जम्मा गरी सहयोग गर्न सकिने छ ।

स्वर्गीय कार्की बिगत दुई दशक देखि भारतको बिहार राज्यमा सवारी चालकको रुपमा काम गर्दै आएका थिए । उनका एक छोरा एक छोरी र श्रीमती छिन् ।

पत्रकार कार्कीले बिगत देखि नै समाजिक कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय