दार्चुला । मंगलबार दिउँसो हिमपहिरोमा परि बेपत्ता भएकाहरुको पहिचान खुलेको छ। जिल्लाको व्याँस गाउँपालिका–१ भोलिङ भन्ने स्थानमा हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा जिल्लाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र सोही ठाउँका १५ वर्षीया छिम्मी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकार एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार यार्सा संकलनका लागि १२ जनाको समूहमा रहेका मध्ये ७ जनाको सकुशल उद्धार गरेर ल्याइसकिएको छ।

१२ जना मध्ये ५ जना तल फर्कने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका हुन्।  बेपत्ता भएकाहरुको खोजी कार्यका लागि मंगलबारदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको भएपनि हिमपात भइरहेका कारण समस्या भएको छ।

सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छाङरुबाट सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टको नेतृत्वमा टोली खटिएको छ तर लगातार हिमपात भइरहेकाले खोजी कार्य प्रभावित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय