कञ्चनपुर। कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा शनिबार पाँच जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गत शुक्रबार राति करिब साढे १० बजे सशस्त्रका प्रहरी नायब निरीक्षक नरेन्द्रसिंह चौसिरमाथि युवाको समूहले खुकुरी प्रहार गरेको थियो । उनी दोधारा चाँदनी नगरपालिका–७, कन्जभोजस्थित बीओपीमा कार्यरत रहेका बेला खुकुरी प्रहार गरी सो समूह फरार भएको थियो ।

त्यसपछि खोजतलास गर्ने क्रममा घटनामा संलग्न मुख्य व्यक्तिसहित पाँचजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरूलाई भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय