दार्चुला । दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका—३ दार्माका १५ वर्षीय नरेश खत्रीको सोमवार बेलुकी ५ बजेतिर चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै, चट्याङ लागेर २ जना घाइते भएका छन् । सोही ठाउँका अन्दाजी ३९ वर्षीया मिना खत्री र ३० वर्षीय कुमार खत्री रहेका छन् । मीना र मृतक नरेश आमा छोरा हुन् ।

खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय