दार्चुला । दार्चुलाको सीमा क्षेत्रमा फेरी आज नेपाली नागरिक र भारतिय प्रहरी बिच ढुंगा हानाहान भएको छ ।

भारतले सीमा नदी महाकाली नदी किनारमा निर्माण गरिरहेको पक्की तटबन्धको विषयलाई लिएर ढुंगा हानाहान भएको हो । महाकाली नगरपालिका–१ का स्थानिय र भारतीय प्रहरी बिच सीमाको विषयलाई लिएर विवाद बढेपछि ढुंगा हानाहान सम्मको स्थिति सिर्जना भएको बुझिएको छ । भारतीय पक्षले महाकाली नगरपालिका–४ बंगाबगरको पारी खोतिला क्षेत्रमा नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । तटबन्ध निर्माणको क्रममा भारतीय पक्षले महाकाली नदीको नेपाल तर्फको सीमामा आएर निर्माण सामाग्री निकाली रहेका बेला नेपाली नागरिकले रोक्न खोज्दा भारतीय प्रहरी र नेपाली नागरिक बिच ढुंगा हानाहान भएको बुझिएको छ ।

भारतीय पक्षले सीमा नदी महाकाली नदीको बिच भागमा आएर निर्माण सामाग्री निकाली रहेको तथा नदीको धार परिवर्तन हुने गरी  भइरहेको यस किसिमको गतिविधि रोक्न नेपाली नागरिकले सुरुमा आग्रह गरेका थिए । नेपाली नागरिकले गरेको आग्रहको बेवास्ता गर्दैै भारतीय प्रहरीले कामलाई निरन्तरता दिन स्काईभेटर चालकलाई भनेको नेपाली नागरिकले  बताएका छन् । ‘मैले भारतीय पक्षलाई काम तत्काल रोक्न र आफ्नै भु–भागमा गएर काम गर्न भने, भारतीय प्रहरीले काम नही रुकेगा क्या करलोगे भने अनि ढुंगा हानाहानको अवस्थाको सिर्जना भयो, महाकाली नगरपालिका–१ का स्थानियले भने ।’ भारतीय दादागिरी सहन नसकेपछि सुरुमा मैले नै ढुंगा हानेको हु, उनले भने ।

नेपाली नागरिकले ढुंगा हानेपछि साइडमा खटीएका भारतीय प्रहरीले पनि नेपाली नागरिक माथी ढुंगा हानेका थिए । केहि बेर चलेको दुई देशका नागरिक बिचको ढुंगा हानाहान पछि नेपाली सुरक्षाकर्मी र सादा पोषाकका सुरक्षाकर्मीहरु त्यसक्षेत्रमा खटिएका थिए । दुई देशका नागरिक बिच सीमा क्षेत्रमा भएका ढुंगा हानाहानको विषय सामान्य भएको प्रहरीले जनाएको छ ।

‘सीमामा ढुंगा हानाहान भएको विषय सामान्य हो अहिले त्यो विषय साम्य भइसक्यो प्रहरीले भन्यो ।’ यस बारेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले सो विषय सामान्य भएको तथा तनावपुर्ण स्थिति नभएको बताएका छन् । सीमा क्षेत्रमा ढुंगा हानाहान भएपछि नेपाल–भारत जोड्ने झोलुंगे पुलमा नेपाललाई चेकजाँचमा कडाई गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय