दार्चुला । कृषि तथा पशुपन्छी बिमा कार्यक्रमको वर्तमान अवस्था तथा भावी रणनीति बिषयक अन्तरक्रिया गोष्ठी समपन्न भएको छ । कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले कृषक लगायत सम्वद्ध सबै सरोकारवालाहरूको सहभागितामा सोमबार अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू (कश्यप) ले हाल सीमित रहेको कृषि तथा पशुपन्छी बीमालाई बढाएर शतप्रतिशत कृषकको पहुँचमा पुर्‍याउनका लागि ठोस कार्ययोजनाका साथ अगाडि बढ्नुपर्ने वताए । कृषकहरूलाई कृषि तथा पशुपन्छी बीमाका बारेमा जागरुक गराउन कम्तीमा पनि जिल्लाका प्रत्येक स्थानिय तहमा पुगेर बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, बीमा प्रक्रियालाई सहज एवम् सरल बताउनुपर्ने र अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष एवम कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले हाल पशुपन्छी बीमा र व्यवसायिक कृषिको बीमा गर्ने कृषकहरूको सङ्ख्या देशभर बढ्दै गएको भएपनि दार्चुलामा भने न्युन रहेको उल्लेख गरे । कृषकहरु कार्यालयमै कृषि बिमा गरिदिन आउने गरेको भएपनि जिल्लामा कृषि बिमा गर्ने कुनै पनि कम्पनि नभएको भन्दै कृषि तथा पशुपन्छी बीमालाई प्रतिस्पर्धात्मकरूपमा अगाडि बढाउन प्रत्येक जिल्लामा कम्तीमा पनि एकएक बीमा कम्पनीलाई जिम्मा दिनुपर्ने वताए ।

कार्यक्रममा सरोकारवलाहरुले कृषि तथा पशुपन्छी बीमालाई सशक्तरूपले विस्तार गर्नका लागि अभिकर्ताहरुको विस्तार गर्ने, अभिकर्ताहरुलाई सेवासुविधा बृद्धि गर्नु पर्ने, तालिम संचालन गर्नु पर्ने लगायत सुझावहरु राख्नु भएको थियो । कार्यक्रममा सरोकारवलाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय